नेपाली समय
 
     
  भेला सफल पार्न संयुक्त बैठक | आदरणीय बेलायतबासी दाजुभाइ तथा दिदीबहिनीहरुमा हार्दिक निमन्त्रणा | गेसो अल्डरसट र फार्नवोरो समितिको वैठक । | युकेमा दमकवासीको भेला | गेसोको स्थापना दिवस सम्पन्न |  
ललितपुर जिल्लाद्वारा बनभोज कार्यक्रम सम्पन्न
मिति २०६६ माघ ९ गते शनिबार ।

गेसो ललितपुर जिल्ला समिति तथा महिला समितिद्वारा आयोजित बनभोज कार्यक्रम त्रिभुवन पार्क, थानकोटमा सफलताका साथ सम्पन्न भयो । कार्यक्रमलाइ सञ्चालन गर्ने अभिभारा बोक्नु भएका गेसो ललितपुर जिल्लाका सभापति रत्न राइज्यूले सर्वप्रथम कन्दमूल खाएर कार्यक्रमको शुरुवात गर्नु भयो । तरुलको स्वादले उपस्थित सबैलाइ मोहित बनाएको थियो भने बर्गर र पिज्जामा रुमल्लिएको नयाँ पीढीको माँझ परम्परालाइ धान्न माघेस‌ङरातिमा मात्र सिमित रहेको कन्दमूल खाने चलनले असली स्वादबाट यस पीढी कति बञ्चित रहेछन प्रष्ट भयो ।

करिब १५० जना भूपु सैनिक तथा तिनका परिवारहरुको उपस्थितिमा कार्यक्रमलाइ रमाइलो र अविष्मरणीय बनाउन शिकार खेल्ने बिबिक्यू गर्ने र चिठ्ठा तान्ने कार्यक्रम समेतको व्यवस्था गरिएको थियो । कार्यक्रमलाई मनोरञ्ज बनाउन सफल कार्यक्रमहरुमध्ये चिठ्ठा तान्ने कार्यक्रमले सबैलाइ मुक्तकण्ठले हाँस्न बाध्य बनाएको थियो ।

नियम अनुसार चिठ्ठा तान्ने ब्यक्तिहरुले चिठ्ठामा लेखिए अनुसार विभिन्न जनावरहरुको आवाज निकाल्नुपर्ने नाच्नु पर्ने, गाउनु पर्ने, विभिन्न चर्चित व्यक्तिहरुको अभिनय र नक्कल गर्नु पर्ने भएकोले कार्यक्रम चरम हाँसोमा हराउन पुगेको थियो भने झनै बिर्सनै नसकिने कुरा केन्द्रीय उपसभापति कृष्णकुमार राईले झ्याउरे गीत गाउँदा महासचिव महेन्द्रलाल राई नाच्नु हुँदा माहोल एकदमै रमाइलो बन्न पुगेको थियो ।

कार्यक्रमको अन्तिम चरणमा केन्द्रीय उपसभापति कृष्णकुमार राईको हातबाट सर्वोकृत्ष्ठ अङ्क ल्याइ शिकारीको पग री गुथ्न सफल हुनुभएका पुरुष तर्फ श्री छत्रबहादुर सुनुवार तथा महिला तर्फ जयकुमारी राईज्यूले पुरस्कार ग्रहण गर्नु भयो । समयले डाडो काटीसकेको कसैलाइ पत्तो भएन । सुख पछीको दुख हाँसो पछिको रोदन भनेजस्तै नचाहँदा नचाहँदै ललितपुर जिल्लाका सभापति श्री रत्न राईज्यूले कार्यक्रम समापनको घोषणा गर्नु भयो । सबैजनाले निरासा पछिको आशा जस्तै फेरी भेट हुने वाचा सहित कार्यक्रमबाट विदा भए ।
2010-01-26 05:16:03
 
बाँकी शीर्षकहरु
भेला सफल पार्न संयुक्त बैठक
आदरणीय बेलायतबासी दाजुभाइ तथा दिदीबहिनीहरुमा हार्दिक निमन्त्रणा
गेसो अल्डरसट र फार्नवोरो समितिको वैठक ।
युकेमा दमकवासीको भेला
गेसोको स्थापना दिवस सम्पन्न
घोर आपत्ति तथा भत्सर्ना
गेसो क्यन्टोबुरी गठन
हामी स‌लग्न छैनौँ
नक्कली गेसोको नामबाट जारी गरिएको सूचना विरुद्ध
गोपाल सिवाकोटी तथा बेलायती रक्षामन्त्रालयको निर्देशनमा गेसो, जोअना लुम्ले र गोरखा न्यायिक अभियानमाथि गरिएको झुठा प्रचारबाजीका विरुद्ध गेसोद्वारा जारी गरिएको प्रेश विज्ञप्ति
ललितपुर जिल्लाद्वारा बनभोज कार्यक्रम सम्पन्न
पत्रिकाको धारणा के हो ?
 

साथीलाई पठाउनुहोस्

प्रतिक्रिया दिनुहोस्
( 0 )
रोमन नेपालीबाट युनिकोड नेपालीमा रुपान्तर गर्नको लागि यहाँ क्लिक गर्नुहोस् ।
नाम
ठेगाना:
इमेल:
प्रतिक्रिया
 
   
 
हालसम्म यो पृष्ठ golf club 

sydney पटक हेरिएको छ ।