नेपाली समय
 
     
  भेला सफल पार्न संयुक्त बैठक | आदरणीय बेलायतबासी दाजुभाइ तथा दिदीबहिनीहरुमा हार्दिक निमन्त्रणा | गेसो अल्डरसट र फार्नवोरो समितिको वैठक । | युकेमा दमकवासीको भेला | गेसोको स्थापना दिवस सम्पन्न |  
गेसो आस्फोर्डले नोवेम्बर २७ मनायो
चक्रबहादुर राई
गोरखा भूतपूर्व सैनिक संघ (गेसो) आस्फोर्डले औपचारिक कार्यक्रम मिति नोभेम्वर २७ तरिख २००९ शुक्रबारका दिन आस्फोर्डको भेराइटिक़ क्यस यन्ड क्यारी पार्टी हलमा नोवेम्बर २७ लाई भब्यताका साथ सम्पन्न गरियो |

गेसो आस्फोर्डका सभापति किरण राई ज्युको सभापतित्वमा सम्पन्न कार्यक्रममा गेसो केन्द्रिय सचिब श्रीमती कमला गुरुङ तथा सदस्य चक्रबहादुर राईको उपस्थिती थियो |

समितिका सचिव गंगा राई र सह-सचीब ध्यानबहादुर राईले संयुक्त सञ्चालन गर्नु भएको कार्यक्रममा अथितीहरु श्रीमती कमला गुरुङ तथा चक्रबहादुर राईले आफ्नो मन्तब्यमा नोवेम्बर २७ लाई ऐतिहासिक बिजय दिवसको रुपमा मनाउनुको औचित्बाय प्रस्ट परेका थिए |

दोश्रो विश्वयुद्धमा जापानीहरुद्वारा युध्दबन्दी बनाइएका योध्दा गोर्खाहरुलाई क्षतिपुर्ति दिलाउन नत तत्कालिन श्री ५ को सरकारको क्षमता भित्रको बिषय थियो नत गोर्खालीको रगत र पसिनाले रङिएर बनिएका गगन्चुम्बी महलमा बस्ने बेलायत साम्राज्यको मनमा दया नै थियो |

नेपाल र बेलायतको एतिहासमा पहिलो पटक गेसोले क्षतिपुर्ति दिलाउन ई,सं २००२ को मे महिनामा बेलायतको अदालतमा मुद्दा दर्ता गराएको र ई सं २००२ को नोभेम्बर २७ तारिख बेलायतको अदालतले गेसोको पक्षमा फैसला गरेका थिए । तत्पश्चात प्रत्यक युद्धबन्दीले जनही £१००००/ दशहजार पाउन्ड बेलायत सरकारबाट क्षतिपुर्ति बापत प्राप्त गरेका थिए ।

यसरी गेसोले बेलायत सरकार माथि लगाएका थुप्रै मुद्दाहरु र विजयहरु मध्ये गेसोका पक्षमा भएका नोभेम्बर २७ तारिखको विजय सबै भन्दा पहिलो एतिहासिक विजय भएकोले नोभेम्बर २७ लाई एतिहासिक विजय दिवसको रुपमा मानिँदै आएको हो |

समितिका उप-सभापती फुर्बा सेर्पाको ब्यबस्थापनमा तयार पारिएको स्वादिस्ट खाना र बिभिन्न स्वादका पेयपदार्थको साथमा सबैले भरपुर आनन्द लिएका थिए | श्रीमती लीला राई र श्रीमती कृष्ण राईले नेपाली गीत गाएर भरपूर मनोरञ्जन दिलाए भने श्रीमती बसुन्धरा राईले नोभेम्बर २७ को बारेमा लेखिएको कबिता बाचन गरेर सुनाइन् |

कार्यक्रममा सफलता युथ क्लबका डि.जे डेनी सेर्पा र मिनकाजि सेर्पाले भिन्दा भिन्दै नेपाली,हिन्दी, र अंग्रेजी गितहरु गुन्जाए पछि उपस्थित कसैले पनि ननाची धरै पाएनन् । बेलुकी साँझ ५.३० बजे सुरु भएको उक्त कार्यक्रम राती ९.४५ बजे समापन भयो |

2009-12-07 09:13:48
 
बाँकी शीर्षकहरु
भेला सफल पार्न संयुक्त बैठक
आदरणीय बेलायतबासी दाजुभाइ तथा दिदीबहिनीहरुमा हार्दिक निमन्त्रणा
गेसो अल्डरसट र फार्नवोरो समितिको वैठक ।
युकेमा दमकवासीको भेला
गेसोको स्थापना दिवस सम्पन्न
घोर आपत्ति तथा भत्सर्ना
गेसो क्यन्टोबुरी गठन
हामी स‌लग्न छैनौँ
नक्कली गेसोको नामबाट जारी गरिएको सूचना विरुद्ध
गोपाल सिवाकोटी तथा बेलायती रक्षामन्त्रालयको निर्देशनमा गेसो, जोअना लुम्ले र गोरखा न्यायिक अभियानमाथि गरिएको झुठा प्रचारबाजीका विरुद्ध गेसोद्वारा जारी गरिएको प्रेश विज्ञप्ति
ललितपुर जिल्लाद्वारा बनभोज कार्यक्रम सम्पन्न
पत्रिकाको धारणा के हो ?
 

साथीलाई पठाउनुहोस्

प्रतिक्रिया दिनुहोस्
( 0 )
रोमन नेपालीबाट युनिकोड नेपालीमा रुपान्तर गर्नको लागि यहाँ क्लिक गर्नुहोस् ।
नाम
ठेगाना:
इमेल:
प्रतिक्रिया
 
   
 
हालसम्म यो पृष्ठ golf club 

sydney पटक हेरिएको छ ।