नेपाली समय
 
     
  भेला सफल पार्न संयुक्त बैठक | आदरणीय बेलायतबासी दाजुभाइ तथा दिदीबहिनीहरुमा हार्दिक निमन्त्रणा | गेसो अल्डरसट र फार्नवोरो समितिको वैठक । | युकेमा दमकवासीको भेला | गेसोको स्थापना दिवस सम्पन्न |  
बेलायतमा विजय दिवश
गोरखा भूतपूर्व सैनिक संघ (गेसो) को १९ वर्ष लामो अनवरत आन्दोलनको सबभन्दा पहिलो उपलब्धि र विजय भनेको नै दोश्रो विश्वयुद्धमा जापानी फौजले वनाएका युद्धवन्दीहरुको मुद्दा हो। उक्त मुद्दा २००२ सालको नोभेम्वर २७ तारिखका दिन गोरखाहरुको पक्षमा निर्णय भएको थियो। दुई सय वर्षको इतिहासमा यो नै सवभन्दा पहिलो गोरखाहरुको विजय हो।

त्यसकारण नोभेम्वर २७ का दिनलाई गोरखा भूतपूर्व सैनिक संघ (गेसो) ले प्रत्येक वर्ष ऐतिहासिक विजय दिवशको रुपमा मनाउँदै आइरहेको छ। यसवर्ष वेलायतको अल्रडरसट र फानवोरोमा रहनु भएका सम्पूर्ण गोरखा भूपू सैनिक दाजुभाई तथा दिदी वहिनीहरुमाझ भेटघाट रेस्टुरेण्ट,अल्डरुटमा २८ नोभेम्वर शनिवारका दिन संघका केन्द्रीय कोषाध्यक्ष तथा वेलायत प्रमुख जीतवहादुर राईको सभापतित्वमा कार्यक्रम सम्पन्न भयो। उक्त कार्यक्रममा संघका पूर्व संस्थापक महासचिव तथा सल्लाहकार डा. चन्द्रवहादुर गूरुङ प्रमुख अतिथीले गोरखा आन्दोलन कसरि शुरु भएको थियो र GOT भनेको केहो र त्यसवाट गोखाहरुलाई के फाइदा र के वेफाइदा छ भन्ने विषयमा चर्चा गर्नु भयो।

त्यसैगरि फार्नवोरो समितिका सल्लाहकार क्या. हरिवहादुर थापाले गेसोले गरेको आन्दोलन र उहाँले भोगेका आफ्ना अनुभावहरुको विषयमा वोल्नु भयो। एक सय ५० जना जति उपस्थिती भएको कार्यक्रममा अल्डरसट समितिका सभापति जंगवहादुर गूरुङले स्वागत मन्तब्य गर्नुका साथै केन्द्रीय सभापति पदमवहादुर गूरुङले गोरखाहरुको निमित्त मात्र नभई सिंगो राष्ट्रको लागी नै दिएको योगदान को चर्चा गर्नु भयो। उक्त विजय दिवश कार्यक्रम केन्द्रीय सदस्य प्रेमवहादुर गूरुङले संचालन गर्नु भएको थियो भने कार्यक्रम अन्त भइसके पछि भेटघाट गोरखा रेष्टुरेण्टको तर्फवाट उपस्थिति महानुभावहरुलाई नेपाली लोकदोहोरी गित गाएर मनोरञ्जन गराउनुका साथै मञ्चमा अटि नअटि नचाएका थिए।

2009-11-30 09:15:44
 
बाँकी शीर्षकहरु
भेला सफल पार्न संयुक्त बैठक
आदरणीय बेलायतबासी दाजुभाइ तथा दिदीबहिनीहरुमा हार्दिक निमन्त्रणा
गेसो अल्डरसट र फार्नवोरो समितिको वैठक ।
युकेमा दमकवासीको भेला
गेसोको स्थापना दिवस सम्पन्न
घोर आपत्ति तथा भत्सर्ना
गेसो क्यन्टोबुरी गठन
हामी स‌लग्न छैनौँ
नक्कली गेसोको नामबाट जारी गरिएको सूचना विरुद्ध
गोपाल सिवाकोटी तथा बेलायती रक्षामन्त्रालयको निर्देशनमा गेसो, जोअना लुम्ले र गोरखा न्यायिक अभियानमाथि गरिएको झुठा प्रचारबाजीका विरुद्ध गेसोद्वारा जारी गरिएको प्रेश विज्ञप्ति
ललितपुर जिल्लाद्वारा बनभोज कार्यक्रम सम्पन्न
पत्रिकाको धारणा के हो ?
 

साथीलाई पठाउनुहोस्

प्रतिक्रिया दिनुहोस्
( 0 )
रोमन नेपालीबाट युनिकोड नेपालीमा रुपान्तर गर्नको लागि यहाँ क्लिक गर्नुहोस् ।
नाम
ठेगाना:
इमेल:
प्रतिक्रिया
 
   
 
हालसम्म यो पृष्ठ golf club 

sydney पटक हेरिएको छ ।