नेपाली समय
 
     
  भेला सफल पार्न संयुक्त बैठक | आदरणीय बेलायतबासी दाजुभाइ तथा दिदीबहिनीहरुमा हार्दिक निमन्त्रणा | गेसो अल्डरसट र फार्नवोरो समितिको वैठक । | युकेमा दमकवासीको भेला | गेसोको स्थापना दिवस सम्पन्न |  
गोरखा आन्दोलन र कर्कलोको पातमा बञ्चोरोको प्रयोग गर्नेहरु ।
सर्बराज राई
धरान
हाल लण्डन
२००७ सालको जनक्रान्तिपछि नेपालमा प्रजातन्त्रको स्थापना भएको हो । सोहीक्रममा २०१५ सालमा संसदीय ब्यब्स्था लागू भएता पनि २०१७ सालमा पञ्चायती ब्यबस्थाको स्थापना भएको थियो । तर २०१७ सालको शासन जनताले चाहेजस्तो नभएकोले २०४६ साल फागुन ७ गतेदेखी देश व्यापीरुपमा जनआन्दोलन पूर्ण शुरु भएको थियो । यो जनआन्दोलनको मुख्य उदेश्यनै नेपालमा बहुदलीय प्रजातन्त्रको पूनर्बहाली गर्नु थियो । नेपालमा २०४६ सालको ऐतिहासिक जनाअन्दोलनको परिणामस्वरुप प्रजातन्त्रको पुनरागमन पश्चात नेपालमा बिभिन्न संघ संस्थाहरुको जन्म भयो । संघ संस्थाहरुको जन्मसंगै आ-आफ्नो समुदायको संरक्षण र सम्बर्द्धन तथा श-सक्त पहिचान अगाडि बढाउने क्रम जारी रहयो ।

जीवनमा भन्ने हो भने वास्तवमा सुखको दिनमा लामो समय पनि क्षणभर जस्तो हुन्छ भने दुखमा कम्ती समय पनि बिताउन बर्षौजस्तो लाग्दछ । यधपी सुखको होस या दुखको होस समय हर सेकेण्ड हर मिनट र घण्टा हुँदै कसैले थाहा नपाई सुटुक्कै आफ्नो बिधिअनुसार सलल बगिरहन्छ । यो समयको आफ्नै निरन्तर गती हो । मानिसलाई कहिले नपर्खिने यस्तो अमूल्य समयको गति सँगसँगै संसारको वीर गोरखाहरुको दुईसय बर्षको ईतिहासलाई सही प्रकारले सही गन्तब्यमा पुर्यायउन अनी जायज अधिकारको टुंगो लगाउनको लागी गोरखा भूपू सैनिक संघ गेसोको जन्म भएको हो । जन्म पछी लड्दै पढ्दै बिभिन्न प्रकारको सघर्ष गर्दै गोरखा भूपू सैनिक संघ गेसो पनि जन्मिएर १९ बर्षको लर्के जवान भईसकेको छ ।

यो लर्के जवानी अवस्थामा स्वच्छ सत्य माया गर्नको लागि या गलत बाटोमा हिडाउनको लागि चारैतिरबाट सबैले छ्ड्के आँखा लगाउँछन । उन्नाईस बर्षको लर्के जवानीमा छ्ड्के आँखा लगाइमाग्नु स्वाभाविकनै हो । गोरखा भूपू सैनिक संघ गेसोलाई नराम्रो बाटोमा लगाउनको लागि चारैतिरबाट षड्यन्त्रकारीहरुको आक्रमण नभएको होइन । बिभिन्न प्रकारले आक्रमण भएकै हो । अझै पनि गोरखाहरुको भलो नचाहानेहरु मरिहत्य गरी लागि परेकोछ । तर गेसो अब लर्के मात्र होइन, उनाईस बर्षको तन्नेरी बनिसकेको छ । कसैले गलत बाटोमा हिडाउने बारे नसोचे हुन्छ । हो उनाइस बर्षको अबधिमा धेरै कठिनाईका बावजूद गोरखा भूपू सैनिक संघ गेसोले आफ्ना संघर्षको पाईलाहरु निरन्तर सकृयातापूर्वक अघि बढाई मेहनतपूर्वक धेरै उपलब्धिहरु प्राप्त गर्न सफल भएकोछ ।

यो सफलता सबै तनाम गोरखा भूपू परिवारजनको सफलता हो । सबै भूपूहरुको सफलतानै आमनेपालीहरुको सफलता हो, आम नेपालीहरुको सफलता नै सिंगो राष्ट्रको सफलता हो । गोरखा भूपू सैनीक संघ गेसोले आ- आफ्नो क्षेत्रमा गोरखाहरुको बहूमूल्य रगत र पसिनाको खोजिमा अती ब्यस्त रही गोरखाहरुको न्ययिक आवाजको जगेर्ना, समवर्द्धन र बिकास गर्न धेरै संघर्ष गर्नु परेको थियो । र अझै पनि न्ययिक आन्दोलनको लागि संघर्ष गरिरहेको छ । यो ऐतिहासिक गोरखा आन्दोलन सही गन्तव्यमा नपुगेसम्म होसियारपूर्वक संघ निरन्तर अगाडि बढिरनेछ ।

गोरखा भूपू सैनिक संघ गेसोको न्ययिक आन्दोलनले उनाईस बर्षको दौरानमा सातसमुन्द्र पारगरेर ब्रिटिश साम्राज्यलाई दुइसय बर्षसम्म वीर गोरखालीहरुमाथि गरिएकोको भेदभाव कानुनीरुपमा र राजनीतिकरुपमा स्वीकार्न लगाएको अवस्थामा संघको न्ययिक आन्दोलनमा षड्यन्त्र गर्न खोज्ने भडुवाहरुसँग अब गोरखा भूपू परिवारहरु चुप लागेर बस्नेवाला छैन । यस्तो षड्यन्त्र गर्नु भनेको महाअपराध हो, तर अब अपराधीहरुको पापी जुक्तिले काम गर्नेवाला छैन ।

हामी मानव हौ, मानविय हैसियतले कानुनलाई सम्मानको साथ मान्नुपर्छ । त्यसैले गेसोले कानुनीरुपले शान्तिपूर्ण ढंगले आन्दोलन अगाडि बढाएको हो । संघको न्ययिक आन्दोलनमा सही सत्य र यथार्थ सल्लाह सुझाब दिने सम्पूर्ण महानुभावहरुको अमूल्य सुझावहरु संघले सम्मान्नको साथ स्वीकारेको छ , र अझै सहि सत्य र याथार्थ सल्लाह सुझावहरु सहर्ष स्वीकार्छ । यस गोरखा भूपू सैनिक संघले समाजमा अरु संघ संस्थाहरुसित हातेमालो गरेर एक आपसमा मिलेर धेरै सामाजिक कामहरु गर्दै आएको छ । समाजका दुखि प्रती, दया, माया र उनीहरुको कदमप्रति सहर्ष समर्थन, असहायप्रती सहायता सफलता प्रति हार्दिक बधाई र लक्ष्यप्रती शुभकामना दिँदै आएको छ । र गोरखा भूपू सैनिक संघ गेसो यसरीनै निरन्तर अगाडि बढनेछ ।

गोरखा भूपू सैनिक संघ गेसोको न्यायीक आन्दोलनमा व्यक्तिगत स्वार्थलाई मूख्य बिषय बनाएर विभिन्न किसिमको आरोप प्रतिआरोप लगाएर, सिधा सादा भूपूहरुलाई थाहानै नदिई भूपूहरुको फोटो समेत खिचेर भ्रमपूर्ण समाचारहरु सम्प्रेषण गरी संघविरुद्ध षड्यन्त्र रच्ने कुनै पनि ब्यक्ती वा समुहलाई कुकुरले हड्डी छोड्ला तर त्यस्ता अपराधीहरुलाई गोरखा भूपू सैनिक संघ गेसोले कदाचित छोड्नेवाला छैन । अपराधी षड्यन्त्रकारीहरुको खेलमा पहिलो सिकार आँखा भएका तर देख्न नस्कने केही भूपूहरुनै बन्यो र अझै बनिरहेका छन् । यसरी षड्यन्त्रकारीहरुको पछि लागेर कती पटक र कहिलेसम्म सिकार बन्ने हो । अहिले भन्न सकिँदैन त्यो समयले एक दिन छर्लङ्ग बताउने नै छ । बाँदरले रुख हल्लाउने मात्रै हो, रुख भाँच्न कहिले पनि सक्दैन । कर्कलको पातमा बञ्चरो प्रयोग गर्ने चम्चेहरुले संघको बिरुद्ध बिभिन्न प्रकारको षड्यन्त्र गरे पनि पापी लङ्दो चम्चेहरुले षड्यन्त्र गर्ने मात्रै हो,केही नाप्न सक्दैन ।

गोरखा भूपू सैनिक संघको आन्दोलनबाट थुप्रै उपलब्धिहरु प्राप्त भएको छ । गोरखाहरुको पक्षमा सम्माननीय बेलायती उच्चअदालतले गरीबक्सेको ऐतिहासिक फैसला बमोजिम बेलायत सरकारले पूर्ण नयाँ अध्यगमन नयाँ गोरखा नीति सार्वजनिक गर्न वाध्य, गोरखा भर्ती सम्बन्धी सन १९४७ को त्रिपक्षिय सम्झौताको आधारमा गोरखाहरुलाई भेदभाव गर्न नपाउने, हाल सेवारत गोरखाहरुको हक, अधिकार सम्मान सुबिधा र आफ्नो परिवार बेलायतमा संगै राखन पाउने, १९९७ पछीको सेवा निवृत्तहरुले सम्मान रुपमा सबै परिवारले आवसिय भिसा पाउने लगायतका उपलब्धिसँगै जापानी युद्धबन्दी वा तिनको विधवा र पारीवाजनलाई प्रतिपरिवार १३ लाख ६५ हजार रुपैयाँ क्षेतिपूर्ति दिन ब्रिटिश सरकार वाध्य भएका थिए ।

वीर गोरखाहरुको थोपा थोपा अमूल्य रगत र पसिनाको मूल्य खोजी गर्ने बिसुद्ध संस्था गोरखा भूपू सैनिक संघ गेसोको बिरोध गर्ने षड्यन्त्रकारीहरुले जीवनमा कहिले पनि गेसोको मन जित्न सक्तैन । गोरखा भूपू सैनिक संघ गेसोको मन जित्नकालागि छोरा, नाति, पनाती र जनातिसम्म फलाम चपाएर निल्नु सरह हुनेछ । र षड्यन्त्रकारीहरुको आफ्नै साखा सन्तानले नै उनिहरुलाई न्यायीक गोरखा आन्दोलनको षड्यन्त्रकारी हो भनेर हरपल सराप्ने छ ।

संसारको वीर गोरखाहरुको पिडा र अपमानले नेपालको लङ्गडो सरकारलाई कती पनि दुखेन र गोरखा आन्दोलनको सलह चम्चे पापी षड्यन्त्रकारीहरुलाई अलिकतिपनी लाज लागेन धिक्कार छ । तर नेपालको गरीमा र नेपालीहरुको स्वाभिमानलाई अपमान गर्ने र गोरखाहरुको ऐतिहासिक आन्दोलनमा पापी षड्यन्त्र रच्ने षड्यन्त्रकारीहरुलाई गोरखा भूपू सैनिक संघ गेसोले कहिले सहेर बस्ने छैन । खबरदार, जय गोरखा, जय पुर्खा ।

धन्यवाद,

2009-10-30 09:34:34
 
बाँकी शीर्षकहरु
घर राम्रो तर बाबु नराम्रो ठान्ने मित्रहरुलाइ सन्देश
बाँदरले आफ्नो घर पनि बनाउदैन र अरुलाई पनि बनाउन दिदैन
गोर्खा भित्रका शिखण्डीहरु
गोरखा आन्दोलन र कर्कलोको पातमा बञ्चोरोको प्रयोग गर्नेहरु ।
गोरखा आन्दोलनको वास्तविकता
गोरखा आन्दोलनको मूलप्रवाह
साचो डक्दैन झुठो टिक्दैन
के गेसो एमालेको भातृ संगठन हो ?
यी तपाईका माइतिहरु
मानब बादी गोपाल चिन्तनको बिलौना याम पुन को उत्तर
जोना लुम्लेको प्रतिक्षामा
 

साथीलाई पठाउनुहोस्

प्रतिक्रिया दिनुहोस्
( 0 )
रोमन नेपालीबाट युनिकोड नेपालीमा रुपान्तर गर्नको लागि यहाँ क्लिक गर्नुहोस् ।
नाम
ठेगाना:
इमेल:
प्रतिक्रिया
 
   
 
हालसम्म यो पृष्ठ golf club 

sydney पटक हेरिएको छ ।