नेपाली समय
 
     
  भेला सफल पार्न संयुक्त बैठक | आदरणीय बेलायतबासी दाजुभाइ तथा दिदीबहिनीहरुमा हार्दिक निमन्त्रणा | गेसो अल्डरसट र फार्नवोरो समितिको वैठक । | युकेमा दमकवासीको भेला | गेसोको स्थापना दिवस सम्पन्न |  
गोरखा जमघट
गोरखा भूतपूर्व सैनिक संघ (गेसो) को १९ वर्ष लामो सशक्त आन्दोलन पश्चात भएको विजय र उपलब्धिको सन्दर्भमा वेलायतवासी सम्पूर्ण भूपू सैनिक र तिनका परिवारजनलाई जानकारी गराउन र एकआपसमा सदभाव साटासाट गर्नुका साथै संघको भावी कार्य योजना स्पष्ट पार्ने उद्देश्यले गत १९ सेप्टेमवर २००९ का दिन विहान १० वजे देखि शुरुभई वेलुका छ वजे सम्म क्वीन परेड, क्वीन्स एभेन्यू, अल्डरसटमा एक विजय सभा साथै गोरखा जमघट कार्यक्रमको आयोजना भयो ।

कार्यक्रमका प्रमुख वक्ता संघका सभापति पदमवहादुर गुरुङले आज सम्म संघले गरेको विजय र उपलबिधहरु, औचित्य साथै संस्थाको भावी कार्ययोजना वेलायतवासी भूपू सैनिकहरुलाइ जानकारी गराउनु भयो र अन्तमा संस्थाको बेलायतमा आज सम्म कुनै भवन नभएकोले आगामी दिनमा छिट्‍टै संस्थाको नाममा भवन खरिद गर्नुपर्ने कुरा प्रष्ट पार्नुभयो ।

कार्यक्रमका अतिथी लण्डन वोरो अफ होन्सलोका मेयर काउन्सिलर पाउल लिंकले आगामी दिनमा गोरखा समुदायलाइ उहाँको तर्फवाट आवश्यक परेको सर सहयोग जुनसुकै समयमा पनि दिने वचनवद्धता ब्यक्त गर्नुभयो ।

त्यसैगरि होवे. एण्ड को. का प्रतिनिधी मुक्ता भर्सानीले गोरखाहरुलाई कानूनीरुपमा आगामी दिनमा पनि सहयोग गरिरहने वचन दिनु भयो । वोल्ने क्रममा एनआरएनका अध्यक्ष सूर्य गुरुङ, जातिय संघ संस्थाको तर्फवाट जनजाति महासंघ युकेका अध्यक्ष तथा मगर संघ युकको अध्यक्ष थर्कवहादुर रानाले पनि कार्यक्रमको सफलता र गेसोको न्यायिक आन्दोलनमा एक्येवद्धता र सहभागी हुने प्रतिवद्धता ब्यक्त गर्नु भयो ।

कार्यक्रमका प्रमुख अतिथी तुलवहादुर पुन भिसी र विशेष अतिथी लछिमान भिसीको अतित्थ्यतामा भएको थयो । गेसो केन्द्रीय सदस्य तथा कार्यक्रम संयोजक प्रेमवहादुर गूरुङको सभापतित्वमा कार्यक्रम भएको थियो । उपस्थित सम्पूर्ण सहभागी जनसमुदायलाई स्वागत र कार्य्रक्रमको ‌‌औचित्य संघका के. उपसभापति कृष्णकुमार राईले स्पषट पार्नु भयो । पहिलो चरणको ‌‌औपचारिपक कार्यक्रम केन्द्रिय सचिव कमला गुरुङले संचालन गर्नु भयो भने दिपा गुरुङ (राई) ले अंग्रजी र नेपालीमा अनुवाद गर्नु भएको थियो । दोस्रो चरणमा मनोरञ्जनात्मक कार्यक्रमको सञ्चालन के‌‍ सदस्य निलम राई र दिपा गुरुङ (राई) ले गर्नु भएको थियो ।

करिव दुई हजार सहभागीहरुको उपस्तिथिमाझ कार्यक्रमलाइ अझ रोचक र मनोरञ्जनात्मक बनाउन नेपाली लोक नृत्य, तेक्वान्दो प्रदर्शन तथा सुमधुर स्वरका धनि भूपू सैनिक दाजुभाइहरुले गीत गाउनुका साथै पूर्व केन्द्रीय सदस्य नरबहादुर गुरुङले जोआना लुम्लेको विषयमा कविता वाचन गरेर उपस्थित सम्पूर्ण जनसमुदायबाट वाह वाह लुटेका थिए ।

गेसोले बेलायतमा आफ्‍नै भवन खरिद गर्नु पर्छ भनि संघलाइ रकम सहयोग गर्नेमा सर्वप्रथम हङकङमा रहनुभएका गेसो केन्द्रीय सदस्य मणीकुमार वान्तवा राइले ५०१ पाउण्ड सहयोग गर्ने वचन दिएको केन्द्रीय कोषाध्यक्ष जितवहादुर राईले घोषणा गरिसके पछि उपस्थित भूपूसैनिक दाजुभाई तथा दिदीवहिनीहरुको रकम घोषणा गर्न निकै ठुलो भीड लागेको थियो ।

अन्त सम्ममा के. कोषाध्यक्ष जितबहादुर राइले १७ हजार पाउण्ड जति रकम सहयोग गर्ने भूपू सैनिक दाजुभाइ तथा दिदी वहिनीहरुको नामवली वाचन गरेर सुनाउनु भयो ।

कोषाध्यक्ष
जितबहादुर राई

गोरखा भूतपूर्व सैनिक संघ (गेसो)
2009-09-22 10:16:17
 
बाँकी शीर्षकहरु
भेला सफल पार्न संयुक्त बैठक
आदरणीय बेलायतबासी दाजुभाइ तथा दिदीबहिनीहरुमा हार्दिक निमन्त्रणा
गेसो अल्डरसट र फार्नवोरो समितिको वैठक ।
युकेमा दमकवासीको भेला
गेसोको स्थापना दिवस सम्पन्न
घोर आपत्ति तथा भत्सर्ना
गेसो क्यन्टोबुरी गठन
हामी स‌लग्न छैनौँ
नक्कली गेसोको नामबाट जारी गरिएको सूचना विरुद्ध
गोपाल सिवाकोटी तथा बेलायती रक्षामन्त्रालयको निर्देशनमा गेसो, जोअना लुम्ले र गोरखा न्यायिक अभियानमाथि गरिएको झुठा प्रचारबाजीका विरुद्ध गेसोद्वारा जारी गरिएको प्रेश विज्ञप्ति
ललितपुर जिल्लाद्वारा बनभोज कार्यक्रम सम्पन्न
पत्रिकाको धारणा के हो ?
 

साथीलाई पठाउनुहोस्

प्रतिक्रिया दिनुहोस्
( 0 )
रोमन नेपालीबाट युनिकोड नेपालीमा रुपान्तर गर्नको लागि यहाँ क्लिक गर्नुहोस् ।
नाम
ठेगाना:
इमेल:
प्रतिक्रिया
 
   
 
हालसम्म यो पृष्ठ golf club 

sydney पटक हेरिएको छ ।