नेपाली समय
 
     
  भेला सफल पार्न संयुक्त बैठक | आदरणीय बेलायतबासी दाजुभाइ तथा दिदीबहिनीहरुमा हार्दिक निमन्त्रणा | गेसो अल्डरसट र फार्नवोरो समितिको वैठक । | युकेमा दमकवासीको भेला | गेसोको स्थापना दिवस सम्पन्न |  
साचो डक्दैन झुठो टिक्दैन
कृष्ण कुमार राई
मैले टिकेन्द्र देवानको बारे आजसम्म कुनै टिका टिप्पणी गरेको थिइन र गर्न आवशयक पनि ठान्दिन थिए । मेरो धैर्यताको बाँध टुट्यो र लेख्न बाध्य हुनु पर्यो । ३ नोभेम्बर २००८ को दिन टिकेन्द्र देवानले माननीय केथ भाजलाई लेखेको पत्र र गोरखा न्यायीक अभियानको नेतृत्व गर्नुहुने प्रख्यात अभिनेत्री जोअना लुम्लेलाई २० नोभेम्वर २००८ मा लेखेको भिन्दा भिन्दै पत्रले त्यतिखेर थुप्रै गोरखाहरुमा हलचल मचाएको थियो । गोरखा आन्दोलनले निर्णायक मोड लिदै गरेको त्यस्तो महत्वपूर्ण घडिमा आन्दोलनलाई सिधै नकारात्मक असर पर्ने त्यसता पत्र कोर्नुको उद्देश्य र स्वार्थ के थियो सबैले सहज अनुमान लगाउन सक्ने कुरा हो । उक्त समय मनमा तीखो काँडा गडेको महसुस हुँदा हुँदै द्रुत गतिमा गइरहेको गोरखा अभियानलाई छाडी उक्त पत्रको विरुद्ध समय खेर फाल्न त्यति मनासिव पनि लागेन । र बेलायतमै वसोवासरत अन्याय प्रति आवाज उठाउनु हुने सम्पूर्ण भू.पू दाजुभाईहरुबाट समेत टिकेन्द्र दल विरुद्ध चर्को आलोचना गर्दै खनिएको हुनाले अरु केही भन्न जरुरी छ जस्तो पनि लागेको थिएन । तर आज भूत सबैले बिर्सी हाल्छन भन्दै तुजुक देखाउने भुइखुट्टेहरुको यथार्थ उजागर गर्न र सबैलाई एकचोटी याद दिलाउन अत्यावश्यक भएकोले आज त्यसै चुपचाप बस्न सकिन ।

सुनेको थिए टिकेन्द्र देवान नेपाल आउनु भएको छ रे भनेर । तर विश्वास भने लागेको थिएन । कारण उहाँले जुन लाज शरम पचाएर पत्र लेख्ने दुष्कार्य गर्नुभएको थियो त्यस अर्थमा त उहाँलाई नेपाली र गोरखालीहरु माझ आफ्नो अनुहार देखाउन लाज लाग्नु पर्ने थियो । केथ भाज र जोअना लुम्लेलाई लेखेको पत्रमा उहाँले बडो बेलायती बन्दै बेलायतको चिन्ता सहित बेलायती सरकारकै कुनै अंग भएर बोल्नु भएको थियो । जुन यस प्रकार छ

"बेलायतमा बसोवास गर्नु पर्ने जरुरत यस कारणले उठेको छ कि उनीहरुका सम्पूर्ण समस्याहरुको एउटै मात्र उत्तर बेलायतको बासिन्दा हुनु हो । दुःखका साथ बेइमानी गोरखाहरुले भ्रममा पारेका छन । जब यहाँको बासिन्दा हुन्छन तब उनिहरु समान पेन्सनको मात्र हकदार हुने होइनन कि जुन सुकै हैसियत भए पनि उनीहरुका सबै आश्रतिहरु परिवारमा एक हुन आउछन् । साथै तिनीहरुलाई सामाजिक भत्ता, काउन्सिल घर, निशुल्क औषधी उपचारहरु पनि जोडिन्छन । यसमा बर्साईको उच्च लागत, हावापानी र भाषाको समेत बेवास्ता गरिएको छ । बस्ने आवास तिनीहरुमा मात्र लागु हुनेछ जो खर्च बेहोर्न इच्छुक हुन्छन र सक्छन" ।

केही संख्यामा भू.पू सैनिकहरुले बेलायतमा आफ्नो अधिकार प्राप्त गरिसकेका छन् जसमा टिकेन्द्र देवान आफू पनि पर्नुहुन्छ । तर बहुसंख्यक भूपू सैनिक र तिनका परिवारहरु नेपालमा छन् । ती सम्पूर्ण भूपू र तिनका परिवारहरु जसले बेलायतकै कारण भोग्नु परेको पीडाको वेवास्ता गर्दै सबै गोरखा बेलायतमा आए भने बेलायत सरकारलाई आर्थिक भार पर्छ तर्सथ आउन दिन ठीक हुँदनै भन्दै जोअना लुम्लेलाई पत्रचार गरेर टिकेन्द्र देवानले नेपालमा रहेका हजारौँ भू.पू. र तिनका परिवारहरुले पाउनुपर्ने अधिकारमाथि कुठाराघातको प्रयास गरेका छन् ।

सबै गोरखाहरुको जिज्ञासा थियो अब टिकेन्द्रले गोरखालीहरुलाई कुन मुख देखाउँला कसरी यो भूमिमा पाइला टेक्ला - तर भिन्न देशको पासपोर्ट, नागरिकता भएपछि जहाँ जान र बस्न मनलागे पनि सकिने भैहाल्यो । पैसाको कुनै खाँचो नै छैन । ठूलो देशको पैसा जहाँ लगेर गए पनि प्रसस्तै अनि चलि पनि हाल्ने । झन् लज्जा बोध नै नभएपछि त जे गरे नि भै हाल्यो । कसैले पत्याएका थिएनन तर देवानज्यू त नेपाल मै हुनुहुँदो रहेछन् । जस्तो देश उस्तै भेष भन्ने उखान देवानज्यूले यथार्थ मै लागू गरिदिनु भयो । बेलायत बस्दा बेलायती सरकारप्रति वफदार बनेर गोरखालीहरुलाई बेवास्ता गर्ने र नेपाल बस्दा गोरखालीहरु प्रति वफादार बन्दै बेलायती सरकारकै विरुद्ध लड्ने अठोट गर्ने । क्या बात ।

एक वेलुकी टिभी खोलेर हेर्दा टिकेन्द्र देवान बोल्दै गरेको देखे वहाँको कुराले त म चकित भए । एकजना मान्छेको कति धेरै अनुहार - हुनसक्छ त्यसभित्र बाध्यता थिए होलान् । ३ र २० नोभेम्बर २००८ मा क्रमशः केथ भाज र जोअना लुम्लेलाइ लेखेको पत्रमा त भू.पू. सैनिक र तिनका परिवारहरुलाई बेलायतमा ल्याउँदा बेलायतलाई आर्थिक भार पर्छ । पेन्सन मात्र होइन सबै सुबिधाहरु पनि दिनुपर्छ यो गरिनु हुदैन भनेर विन्तीपत्र हाल्ने मान्छेले त, अब म १८ वर्षमाथिका छोराछोरीहरुको, विधुवाहरुको, बृद्धाहरुको लागी बस्ने आवास र पेन्सनको मुद्दाबारे सशक्त कुरा उठाउँछु कुनै हालतमा छाड्दै छाड्दिन भन्दै टीभी मा कुर्लिरहेको देख्दा सपना होकि जस्तो लाग्यो । मेरो मानसपटलबाट अझै एउटा कुरा हट्न सकेको छैन । टिकेन्द्र देवानले नेपाल आएर आईर्एलई फाराम भर्ने निहुमा हजारौ भूपू सैनिक र तिनका परिवारहरुबाट रकम उर्ठाई तिनीहरुको लालबुक र पासपोर्ट बेलायती राजदूतावास लैनचौरमा थुपारी बेलायतमा अलप भएपछि देवानको अनुहार भूपू सैनिकहरुले देख्न पाएनन् ।

गेसोले आवासीय भिसाको मुद्दा जित्न सफल भयो त्यसपछि बल्ल दुलोबाट घाममा निस्कँदै डिङ हाक्न शुरु गर्नुभयो । उहाँबाट मारमा परेका भूतपूर्व सैनिक र तिनका परिवारहरुले भिसा पाउन सफल भएपछि ठूलो सास फेर्दै नेपाल आएर यसो गर्छु उसो गर्छु भन्नुको कुनै अर्थ छैन । यदि गेसोले मुद्दा नजितेको भए उहाँको हालत कति सोचनीय हुन्थ्यो - मुद्दा लड्न उहाँसँग न त वकिलहरु नै थिए न त कानुनी सहायता नै प्राप्त गर्न सक्थे । तर गोरखा हक हितको बारेमा फेरी बोल्न शुरु गरेको देख्दा मनमनै खुशी पनि ब्यक्त गरे हिजोसम्म गेसाको अभियानको विरोध गर्ने उहाँ टिकेन्द्र देवान नै आज आएर गेसोको अभियानको सहयोगि बन्न आईपुग्नु भयो । जे होस् एउटा नेपाली उखानको याद आयो "साचो डक्दैन झुठो टिक्दैन"। यहि उक्तिको प्रत्यक्ष चरितार्थ भएको पाएँ । जे भए पनि गेसोको अभियानमा अर्को एउटा सहयात्री थपिनु आफैमा राम्रो हो ।


तर वातानुकुल परिवर्तन हुने व्यक्ति माथि भरोसा गर्ने नगर्ने त्यसको जिम्मा चाही भूतपूर्व सैनिक तथा तिनका परिवार कै हो ।


कृष्ण कुमार राई
उपसभापति
2009-08-12 06:07:15
 
बाँकी शीर्षकहरु
घर राम्रो तर बाबु नराम्रो ठान्ने मित्रहरुलाइ सन्देश
बाँदरले आफ्नो घर पनि बनाउदैन र अरुलाई पनि बनाउन दिदैन
गोर्खा भित्रका शिखण्डीहरु
गोरखा आन्दोलन र कर्कलोको पातमा बञ्चोरोको प्रयोग गर्नेहरु ।
गोरखा आन्दोलनको वास्तविकता
गोरखा आन्दोलनको मूलप्रवाह
साचो डक्दैन झुठो टिक्दैन
के गेसो एमालेको भातृ संगठन हो ?
यी तपाईका माइतिहरु
मानब बादी गोपाल चिन्तनको बिलौना याम पुन को उत्तर
जोना लुम्लेको प्रतिक्षामा
 

साथीलाई पठाउनुहोस्

प्रतिक्रिया दिनुहोस्
( 0 )
रोमन नेपालीबाट युनिकोड नेपालीमा रुपान्तर गर्नको लागि यहाँ क्लिक गर्नुहोस् ।
नाम
ठेगाना:
इमेल:
प्रतिक्रिया
 
   
 
हालसम्म यो पृष्ठ golf club 

sydney पटक हेरिएको छ ।